एसियाकप क्रिकेट: आज भारत र श्रीलंका खेल्दै

काठमाडौँ - युएईमा जारी एसिया कप क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ। सुपर ४ अन्तर्गत मंगलबार हुने खेलमा समूह 'ए' बाट विजेता बनेको भारत र समूहको 'बी' को उपविजेता श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ। प्रतियोगितामा समूहको शीर्ष २ टोलीले सुपर ४ मा स्थान बनाएका हुन्।

समूह 'ए' बाट भारत र पाकिस्तान तथा समूह 'बी' बाट अफगानिस्तान र श्रीलंका सुपर ४ मा पुगेका छन्। सुपर ४ मा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×