जनगणना २०७८ : प्रतिसय महिलामा ९५ पुरुष

काठमाडौँ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ।

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) र एक करोड ४२ लाख  ९१ हजार ३११ जना पुरुष (४८.९६%) रहेका छन्। दश वर्षअघि २०६८ सालको जनगणनामा कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५% र ५१.५% रहेको थियो।

हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको सङ्ख्या) ९५.९१ रहेको राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ। गत जनगणनामा प्रति सय महिलामा पुरुषको सङ्ख्या ९४.१६ रहेको थियो। कूल जनसङ्ख्या अघिल्लो गणनाको तुलनामा २६ लाख ९७ हजार ९७६ ले बढी हो। यसरी हेर्दा दश वर्षमा नेपालको जनसङ्ख्या १०.१८% ले बढेको देखिएको छ।

विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३% रहेको र जुन अघिल्लो जनगणनामा १.३५% रहेको विभागले जनाइको छ। यस जनगणनामा पहिलो चरणको स्थलगत कार्य विसं २०७८ भदौ ३० देखि असोज १८ गतेसम्म र दोस्रो चरणको स्थलगत कार्य विसं २०७८ कात्तिक २५ देखि २०७८ मङ्सिर ९ गतेसम्म सम्पन्न भएको थियो। राष्ट्रिय जनगणना २०७८ को प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकीय कार्यका लागि एक हजार ८७१ कर्मचारी र स्थलगत कार्यमा करिब आठ हजार ५०० सुपरिवेक्षक तथा ३९ हजार गणक संलग्न थिए।

दुवै चरणको स्थलगत कार्य सम्पन्न भई भरिएका फाराम (घर तथा घरपरिवार सूचीकरण फाराम, मुख्य प्रश्नावली तथा सामुदायिक प्रश्नावली) केन्द्रीय तथ्याङ्क विभागमा प्राप्त भई प्रशोधन थालिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×