नेपाल टी-२० लिगको मिति सर्यो

काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने नेपाल टी-२० लिगको मिति सरेको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण देखाउँदै लिगकाे मिति सारिएकाे हाे। यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेकाे थियाे।

लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो। तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ।

शाखाले क्यानलाई यो प्रतियोगिता आगमी मंसिर ४ गते हुने चुनावपछि गराउनका लागि पनि अनुरोध गरेको थियो। त्यसपछि आजै क्यानले सूचना सार्वजनिक गर्दै प्रतियोगिता डिसेम्बर २५ सम्मका लागि स्थगित गरेका जानकारी दिएको हो।

‘क्यानले खेलाडीको सुरक्षलाई गम्भीरतापूर्वक लिएको छ,’ सूचनामा लेखिएको छ, ‘विदेशबाट आउने खेलाडीका लागि धेरै सूरक्षा चाहिने हुन्छ।’

प्रतियोगितामा ६ वटा टोली सहभागी हुनेछन्  केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×