चुनावी तालमेलको प्रयासमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच छलफल तीव्र भएको छ। यसैक्रममा आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच भेटवार्ता भएको हो।
उनीहरूबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भए पनि सहमति भए–नभएकोबारे केही खुलाइएको छैन।