एएफसी एलिट महिला रेफ्री तथा सहायक रेफ्री प्यानलमा फिफा रेफ्री अञ्जना राई

काठमाडौँ - फिफा रेफ्री अञ्जना राईलाई एएफसी एलिट महिला रेफ्री तथा सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको छ। एएफसी महिला रेफ्री तथा सहायक रेफ्री चयन कोर्स पूरा गरेपछि उनलाई प्यानलमा समावेश गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारि दिएको हो।

एसियन फुटबल महासंघ (एएफसी) ले शुक्रबार राईलाई एलिट रेफ्री प्यानलमा समावेश गरिएको पत्र एन्फालाई पठाएको थियो। यो पत्र प्राप्त भएसँगै राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्समा सहभागी गराइनेछ।

यो पाठ्यक्रम नोभेम्बरमा तय गरिएको थियो। राईले सन् २०२१ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेकी थिइन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×