“नेकपा जुम्लाद्वारा नरेश भण्डारीसहित ५ जनाको प्रतिनिधि सभा उम्मेदवारी सिफारिस”

नेकपा जुम्लाले प्रतिनिधि सभा निर्वाचनका लागि नरेश भण्डारीसहित ५ जनाको उम्मेदवार सूची तयार पारेको छ। सिफारिसमा दल बहादुर जिसी, नमराज न्यौपाने, अम्मराज शाही र हरि रावलको नाम पनि समावेश गरिएको छ।

कर्णालीका बौद्धिक नेता भण्डारी यसअघि प्रदेशको कानुन मन्त्री भइसकेका छन्। ०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले उनलाई टिकट नदिएपछि भण्डारी चुनाव प्रचार अभियानसमेत थालेका थिए, तर त्यतिबेला जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले जीत हात पारेका थिए।

यो वर्ष, नेकपा केन्द्रको सर्कुलरपछि भण्डारीले पुनः टिकट पाउने सम्भावना रहेको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×