इङ्गल्याण्ड र हंगेरीबीचको खेलमा समर्थकलाई प्रतिबन्ध, ३० हजार बालबालिकाले हेर्न पाउने

काठमाडौँ - नेसन्स लिगको समूह चरण अन्तर्गत इङ्गल्याण्डले शनिबार हंगेरीसँग बुडापेस्टमा खेल्दै छ। यो खेल कम्तिमा ३० हजार दर्शकको उपस्थितिमा हुने छ। यद्यपि, यो खेल बन्द रंगशालाभित्र सञ्चालन हुने छ।

हंगेरीका समर्थकहरुले नस्लवादी व्यवहार गरेपछि विना समर्थक खेल खेलाउन आदेश दिइएको छ। तर, यस खेलमा फुटबल संघले युईएफले बालबालिकालाई वयस्कको साथमा उपस्थित हुन अनुमति दिएको छ। 

यही प्रावधानअनुसरा हंगेरी एफएले शनिबारको खेल हेर्नका लागि ३० हजार बालबालिकाको नाम दर्ता गरेको छ। युईएफाको नियमावलीको धारा ७३ अन्तर्गत बालबालिकालाई वयस्क व्यक्तिको उपस्थितमा खेल हेर्न अनुमति दिएको हो।

करिब ९ महिना अघि बुडापेस्टमा भएको विश्वकप छनोट खेलमा इङ्ल्यान्डका खेलाडीहरू माथि रंगभेदी दुर्व्यवहार गरेपछि फिफाले हंगेरीलाई विना समर्थक दुई खेल खेल्न आदेश दिएको थियो। बुडापेस्टको पुस्कास एरिनामा सम्पन्न खेलमा इङ्गल्याण्डले ४–० को जित निकाल्दा केही समर्थकले जातीय दुर्व्यवहार गरेका थिए।

जातीय दुर्व्यवहारको सिकार हुने खेलाडीहरुमा रहिम स्टर्लिङ र जुड बेलिंगहम रहेका थिए। खेलका दौरान इङ्गल्याण्डका खेलाडीहरुलाई आगोले समेत प्रहार गरिएको थियो।

त्यसपछि जुन २०२१ मा युईएफाले हंगेरीलाई तीन खेल विना समर्थक खेल्न आदेश दिएको थियो। साथै हंगेरीलाई ८५ हजार यूरो जरिवाना गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×