काठमाडौं । एट्लेटिकोलाई पराजित गर्दै एथ्लेटिको क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति साउदी अरबमा भएको खेलमा २–१ गोलले पराजित गर्दै एथ्लेटिकोले उपाधिका लागि रियल मड्रिडसँगको भेट पक्का गरेको हो ।
एथ्लेटिकोका गोलरक्षक उनई सिमोनले आफ्नौ पोष्टमा गोल गरेपछि ६२औँ मिनेटमा एट्लेटिकोले अग्रता बनायो । तर, ७७ औँ मिनेटमा अल्भारेज र ८१ औँ मिनेटमा निको विलियम्सको गोलसँगै एथ्लेटिको खेलमा फर्कियो ।
खेलको इन्जुरी समयमा मारिया गिमिनेजले रातो कार्ड सामना गरेपछि एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो । यसअघि बार्सिलोनालाई ३–२ ले पराजित गर्दै रियल मड्रिड फाइनल यात्रा तय गरिसकेको छ ।