उच्च अदालत पाटनको फैसलासँगै सिनेमा हलहरूले आजदेखि हिन्दी सिनेमा प्रदर्शन गर्ने भएका छन्। हिजो बसेको चलचित्र संघको बैठकले आजदेखि हिन्दी सिनेमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने अदालतको फैसला नमान्ने भन्दै कुनै पनि हालतमा ‘आदिपुरुष’ र हिन्दी सिनेमा प्रदर्शन गर्न नदिने बताएका थिए। ‘आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद नहटाएसम्म उक्त सिनेमासहित कुनै पनि हिन्दी सिनेमा प्रदर्शन हुन नदिने बालेनले बताउँदै आएका छन्। सोही कारण ‘आदिपुरुष’ प्रदर्शन रोकिएको थियो।
काठमाडौंसहति पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरले पनि उक्त सिनेमा नलगाउन भनेपछि वितरक मनोज राठीले ‘आदिपुरुष’ देशभरका सिनेमा हलबाट उतारेका थिए।
बालेनले अदालतको फैसला मान्दिनँ भन्न पाउँछन् ?
यसैबीच, बिहीबार साँझ बसेको संघको बैठकले ‘आदिपुरुष’ पुनः प्रदर्शन नगर्ने निर्णय गरेको बैठक स्रोतले जानकारी दिएको छ। “आदिपुरुषको चौतर्फी विरोध भएकाले हामी यो सिनेमा नलगाउने निर्णयमा पुगेका छौँ,” “तर, आजबाट हिन्दी सिनेमा भने हामी रिलज गर्दैछौँ।”
यस विषयमा संघले आधिकारिक धारणा आज ‘फर्ष्ट आवर’मा सार्वजनिक गर्दै छ।