जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं - काठमाडौंको गोकर्णेश्वमर नगरपालिका–९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दुर्गा लाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका–१७ कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×