पोखरामा आज नेकपाको शक्ति प्रदर्शन, देशव्यापी एकता अभियानलाई तीव्रता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा भव्य एकता सन्देश सभा गर्दै देशव्यापी अभियानलाई अझै गति दिने तयारी गरेको छ। पार्टी नेतृत्वका अनुसार सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले मुख्य सम्बोधन गर्नेछन्।

मंसिर महिनाभर सञ्चालन भइरहेको एकता सन्देश अभियानअन्तर्गत नेकपाले विभिन्न प्रदेश तथा जिल्लामा निरन्तर सभा गरिरहेको छ। लुम्बिनीको दाङ देउखुरी र सुदूरपश्चिमको धनगढीमा सम्पन्न सभापछि आजको पोखरा सभा पार्टीका लागि महत्त्वपूर्ण जनसहभागिता परीक्षणका रूपमा हेरिएको छ।

अभियानको आगामी कार्यक्रमअनुसार सोमबार कोशी प्रदेशको विराटनगर, मंसिर १८ मा कर्णालीको सुर्खेत, मंसिर २० मा मधेस प्रदेशको जनकपुर र मंसिर २३ मा बागमती प्रदेशको हेटौँडामा सभा आयोजना हुनेछ।

अन्तिम चरणमा मंसिर २९ गते देशभरका सबै पालिकामा एकसाथ एकता सन्देश सभा गरेर अभियानलाई समापन गर्ने नेकपाको योजना छ। पार्टी नेतृत्वले यस अभियानलाई संगठन बृद्धि, आन्तरिक समन्वय र कार्यकर्ताबीचको विश्वास पुनर्स्थापनाका लागि निर्णायक पहलका रूपमा लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×