दाङमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा एक बालिकाको मृत्यु, तीन जना घाइते

दाङ -दाङका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन  जना घाइते भएका छन्। दाङको देउखुरीमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीको छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

यस्तै घाइते हुनेमा राप्ती ६ सगरापुर बस्ने ४५ वर्षीय जयराम चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० बर्षीया बेदकुमारी चौधरी र पैदलयात्री लमही ८ असनी बस्ने २८ बर्षीय पारस बोहोरा रहेको प्रहरीले  जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३४६१ नम्वरको मोटरसाईकल  गढवा २ महादेवा पुल नजिकै ठोकिँदा दुर्घटना भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×