काठमाडौँ - गायक प्रकाश सपूत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सेन्टिमेन्टल भर्सनको गीतमा गायक सरन गुरुङको स्वर रहेको छ। गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ। गीतलाई कोबिद वज्रले सङ्गीत संयोजन गरेका छन्।
गीतको भिडियोमा प्रकाश सपूत र रेश्मा घिमिरे श्रीमान्, श्रीमतीको भूमिकामा देखिएका छन्। बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।