केन्याविरुद्ध दोस्रो वानडे खेल्दै नेपाल, एक खेल अगावै सिरिज जित्ने मौका

काठमाडौँ - नेपालले आज घरेलु टोलीविरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः१५ देखि सुरु हुनेछ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज १ खेल अगावै जित्ने योजनामा हुनेछ। पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो।

सो खेल जितेमा नेपालले एकदिवसीय सिरिज पनि आफ्नो बनाउने छ। नेपालले यसअघि केन्याविरुद्ध ५ खेलको टी-२०अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको थियो। केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×