मिलानमाथि चेल्सीको जित

काठमाडौँ - युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले इटालियन क्लब एसी मिलानलाई पराजित गरेको छ। चेल्सीले १० खेलाडीमा समेटिएको घरेलु टोली मिलानमाथि २-० को सहज जित निकालेको हो।

चेल्सीको जितमा जर्गिन्हो र पिएरे इमरिक औवामियाङले गोल गरेका थिए। मिलानोमा मंगलबार राति भएको खेलमा घरेलु टोली १८औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो। पेनाल्टी बक्समा मासन माउन्टमाथि फउल गरेपछि रेफ्रीले फिकायो तोमोरीलाई सिधै रातो कार्ड देखाउँदै चेल्सीलाई पेनाल्टी प्रदान गरेका थिए। त्यही पेनाल्टीमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए।

३४औं मिनेटमा औवामियाङले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए। उनले मासन माउन्टको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको २ गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो।

यस जितसँगै समूह ‘ई’ मा चेल्सी ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। पराजित मिलानले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा ४ अंक जोडेर तेस्रोमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×