काभ्रेमा पाँच व्यक्तित्व सम्मानित

काभ्रेपलाञ्चोक - सूचक प्रकाशनको १५औँ वार्षिकोत्सव तथा सूचक सम्मान समर्पण समारोहमा बनेपामा शनिबार काभ्रेका विभिन्न विधाका पाँच व्यक्तिलाई सम्मान गरिएको छ। 

कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालकासाथ साहित्कारद्वय हरि मञ्जुश्री र ध्रुव मधिकर्मी, समाजसेवी शङ्कर खड्का र पत्रकार भगवती तिमल्सिनालाई कदरपत्रद्वारा सम्मान गरिएको हो। सो अवसरमा प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा दिनेशराज पन्तले सम्मान गर्दै सूचक प्रकाशनले थालनी गरेको सूचक सम्मानबाट सम्मानित व्यक्तित्वलाई काभ्रेपलाञ्चोकको उर्बर क्षेत्रमा सम्मान गरेकामा प्राचीनकालदेखिको ऐतिहासिक थलोलाई समेत सम्मान गरेको अनुभूत भएको बताए। 

उनले लिच्छविकालीन शासनको स्मरण गराउँदै यहाँको महत्व र भक्तपुरको त्रिपुर दरबार र काभ्रेले पालैपालो राजसंस्था चलाउने गरेका कारण थप ऐतिहासिक क्षेत्रमा सम्मान गर्न पाउनु खुसीको विषय रहेको बताए। सम्मानित साहित्यकार दुवालले साहित्यकार, समाजसेवी, पत्रकारलाई एकैथलोमा एकसाथ सम्मान गर्ने सूचक प्रकाशनलाई धन्यवाद व्यक्त गरे।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×