सर्लाही - ईश्वरपुर नगरपालिका–५ सखबनि बस्ने सार्कीमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ नगरपालिका–५ बस्ने २८ वर्षीय कृष्ण मगरसहित ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार ६ सय ५ रुपैयाँ र ८ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।