काठमाडौँ - १९ औं एसियाली खेलकुद र विश्व पौडी च्याम्पियनसिपका लागि पौडी खेलाडीको छनोट अर्को साता हुने भएको छ।
नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै वैशाख २२ र २३ मा छनोट प्रतियोगिता हुने जानकारी दिएको छ। एसियाली खेलकुदका लागि छनोटमा २३ विधामा १ सय ५० खेलाडीले भाग लिने संघले जनाएको छ।
यसबाट १६ जना र ओलम्पियन दुईसहित १८ खेलाडी छनोट गरिनेछ। यो छनोट प्रतियोगिता हंगेरीको बुडापेस्टमा हुने विश्व पौडीका लागि अन्तिम छनोट रहेको छ। एसियाडलाई अन्तिम छनोट नवौं राष्ट्रिय खेलकुद हुनेछ।