काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी २०२१ को मनोनयन सार्वजनिक गरेको छ। फिफाले सोमबार ‘द वेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गरेको हो। मनोनयनमा पुरूषतर्फ ११ खेलाडी र महिलातर्फ १३ खेलाडी रहेका छन् भने महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना रहेका छन्। त्यसैगरी महिला र पुरुष गोलकिपरमा ५ /५ जना मनोनयनमा परेका छन्।
पुरूष खेलाडीहरू जो मनोनयनमा परे
लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, केलियन एमबाप्पे, नेयमार, मोहमद सलाह, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्गालो कान्टे
महिला खेलाडीहरू जो मनोनयनमा परे
स्वीडेनकी स्टिना ब्लाकस्टेनियस, स्पेनकी आइटाना बोनमाटी, इङ्ल्याणकी लुसी ब्रोन्ज, स्वीडेनकी म्याग्डालेना एरिक्सन, नर्वेकी क्यारोलिन ग्राहम ह्यान्सेन, डेनमार्ककी पेर्निल हार्डर, स्पेनकी जेनिफर हर्मोसो, कोरियाकी जी सोयुन, अष्ट्रेलियाकी साम केर, नेदरल्याण्डकी भिभियान मिडेमा, स्पेनकी एलेक्सिया पुटेलास, क्यानडाकी क्रिस्टीन सिन्क्लेयर तथा इङ्ल्याण्डकी एलेन ह्वाइट

फिफाले सदस्य १० डिसेम्वरसम्म राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकले दिएको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ र विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ।