गायक विकास राणाको 'शैलुङको चिसो चिसो बतास' बोलको गीत सार्वजनिक

काठमाडौँ - गायक विकास राणाको नयाँ गीत सार्वजनिक भएको छ। बुधबार उनको 'शैलुङको चिसो चिसो बतास' बोलको गीत सार्वजनिक भएको हो।

शैलुङको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटी फिचर्ड रहेका छन्।

गीतमा शशिविक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको छ। मेलोडियस गीतमा संगीत संयोजन शशिविक्रम थापाकै रहेको छ।

नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ। मनोज सुवेदीले छायांकन गरेको भिडियोलाई सकिन तिमिल्सिनाले सम्पादन गरेका छन्।

यो गीत गायक विकासले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×