पशुपालक किसानको खर्च बढ्यो तर आम्दानी घट्यो

काठमाडौँ - कैलालीको टीकापुर नगरपालिका–१ का चक्रबहादुर बटाला भैँसीपालन व्यवसाय गर्दै आएका छन्। 

उनी पछिल्लो समय व्यवसायबाट सोचेजस्तो नाफा कमाउन नसक्दा निकै चिन्तित भएका छन्। लाखौँ लगानी गरिसकेका उनलाई आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेरै पाँच बिघा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका थिए। “व्यवसाय छ भन्नू मात्रै भएको छ। फाइदाको नाममा अहिलेसम्म देखिएको केही छैन। बर्सेनि बैंकको ऋण थपिएकै छ,” उनले भने, “केही व्यक्तिहरूलाई रोजगारी दिएका छौँ। उपलब्धि भनेको त्यही भयो भन्ने लागेको छ।” 

पछिल्लो समय पशुपालक किसान पशुलाई चाहिने आहारको जोहोमा बढी खर्च हुने र आम्दानी कम हुन थालेपछि निराश हुन थालेका हुन्। यस वर्ष अत्यधिक वर्षाका कारण  पशुका लागि परालको जोहो गर्न किसानलाई  निकै समस्या भएको छ। विगतका वर्षमा दुई हजार ५०० मा पाउने परालको यस वर्ष तीन हजार पाँच सय परेको उनीहरू बताउँछन्।

पशुका लागि चाहिने पराल, बरन, भुस्सालगायत बजारको दानाको मूल्य अत्यधिक बढे पनि आफूले उत्पादन गरेको दूधको बजार मूल्यले लागत उठाउन पनि निकै मुस्किल परेको उनीहरूको गुनासो छ। भजनी नगरपालिका–१ का दुर्गाप्रसाद जैसी भजनीमै लामो समयसम्म भैँसीपालन व्यवसाय गरेर अहिले टीकापुरमा त्यहीँ व्यवसायलाई निरन्तरता दिँदै आएका छन्। टीकापुर बहुमुखी क्याम्पसको जग्गा भाडामा लिएर पशुपालन व्यवसाय गर्दै आएका उनको परिवार नै त्यही व्यवसायमा छ।

उनले बजारमा उपभोग्य वस्तुका साथै सबै सामग्रीहरुको मूल्यमा वृद्धि भएको जनाउँदै किसानहरूले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थको मूल्य किसानको हितमा नहुँदा कैयौँ किसान विस्थापितको अवस्थामा पुगेको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×