चारपटकको विश्वविजेता जर्मनीसँग भिड्दै एसियाको ‘पावर हाउस’ जापान

काठमाडौँ - चार पटकको विश्व विजेता जर्मनीले बुधबार जापानसँग खेल्दै विश्वकप २०२२ को सुरुवात गर्दैछ। खालिफ स्टेडियममा साँझ पौने ८ बजेबाट हुने खेलमा जर्मनीले जापानलाई हराउँदै विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा रहेको छ।

जर्मनीले १९५०, १९७४, १९९० र २०१४ को विश्वकपको उपाधि उचालिसकेको छ। जर्मनी कतार विश्वकपमा उपाधि होडमा लागिपरेको छ। समूह ई मा बलियो टोली रहेको जर्मनी २०१४ मै लयलाई निरन्तरता दिने दाउमा छ।

थोमस मुलरको कप्तानीमा रहेको जर्मन टोली लेरोय साने, जोशुआ किमिच, टिमो वेर्नर, एन्टोनियो रुडिगर र म्यानुअल न्युअर जस्ता स्टार खेलाडीले भरिएको छ।

१९९८ बाट विश्वकपमा सहभागिता जनाउन सुरु गरेको जापान अहिलेसम्म अन्तिम १६ बाट अघि बढ्न सकेको छैन। जापानी टोलीको नेतृत्व तामुकी मिनामिनोले गर्नेछन्। लिग १ मा मोनामोका लागि खेल्ने मिनामिनोले राष्ट्रिय टोलीका लागि ४३ खेलमा १७ गोल गरेका छन्। मिनामिनोले विश्वकपको छनोट चरणमा १० गोल गरेका छन्।

समूह चरणमा जर्मनी र स्पेनको डिफेन्डरलाई उनले व्यस्त राख्ने पक्का छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×