भारत। बलिउड अभिनेता फरहान अख्तर र शिबानी दांडेकर लामो समयदेखि प्रेमसम्बन्धमा रहेका छन्। श्रद्धा कपूरसँगको सम्बन्ध अन्त्य भएपछी फरहानको जीवनमा शिबानी दांडेकरले प्रवेश गरेकी हुन्। केहि समयदेखि जोडीको विवाहको खबरहरू आउन थालेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार जोडीले २०२२मा विवाह गर्नेछन्।
वैवाहिक कार्यक्रम भारतको मुम्बई शहरमा आयोजना हुनेछ। कोरोनाका कारण कार्यक्रममा केहि अत्यन्त नजिकका व्यक्तिहरुको मात्र उपस्थिती रहनेछ। खबरका अनुसार वैवाहिक कार्यक्रमका लागि ५ तारे होटेल समेत बुक गरिसकिएको छ। त्यसैगरि विवाहमा उनीहरुले सब्यसाचीको विशेष कलेक्शन लगाउनेछन्।