पहिलो क्वालिफायरमा विराटनगरको टस जित, सुदूरपश्चिमको पाँच नयाँ खेलाडी सहित प्रवेश

काठमाडौं, मंसिर २३ —
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

आजको महत्वपूर्ण भिडन्तका लागि सुदूरपश्चिम रोयल्सले एकैपटक पाँच खेलाडी परिवर्तन गरेको छ।
नयाँ समावेश खेलाडीमा हेमन्त धामी, मिलन बोहरा, सेलडन ज्याक्सन, स्कट कुगेलिइन र मुख्तर अहमद रहेका छन्।

यता, दिपक बोहरा, हिक्मत महरा, पुनित मेहरा, ध्रुव परासर र जोश ब्राउन आजको खेलमा सहभागी छैनन्।
जोश ब्राउन अस्ट्रेलिया फर्किएका छन् भने ज्याक्सन (भारत) र अहमद (पाकिस्तान) नयाँ आबद्ध विदेशी खेलाडी हुन्।

विराटनगर किंग्सले पनि एक परिवर्तन गरेको छ।
शंकर रानाको स्थानमा नारायण जोशी प्लेइङ–११ मा परेका छन्।


विराटनगर किंग्स (Playing XI):

सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), प्रतिश जिसी, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, साम हिजलेट, मर्स्याङ डि लाङ।

सुदूरपश्चिम रोयल्स (Playing XI):

दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, इशान पाण्डे, बिनोद भण्डारी, हरमीत सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन, मुख्तर अहमद।


खेलको महत्व:

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज अपरान्ह ४ बजे हुने यो खेलको विजेता सोझै शनिबारको फाइनलमा जानेछ।
हार्ने टोलीले भने दोस्रो क्वालिफायरमार्फत अर्को मौका पाउनेछ।

सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो। यस सिजन लिग चरणका ६ खेल लगातार जितेर शीर्ष स्थान बनाएको थियो। तर अन्तिम खेलमा भने सुदूरपश्चिमलाई यही विराटनगरले हराएको थियो, जसको 'रिम्याच' आज भइरहेको छ।

विराटनगरले लिग चरणमा अस्थिर प्रदर्शन गरे पनि सुदूरपश्चिमविरुद्ध १४८ रनको लक्ष्य ११.५ ओभरमै पूरा गर्दै शानदार जित निकालेको थियो। उस खेलमा फाफ डु प्लेसिस र साम हिजलेट दुवैले अर्धशतक प्रहार गरेका थिए।


बुधबार काठमाडौँ र लुम्बिनीबीच इलिमिनेटर खेल हुनेछ। त्यसको विजेता दोस्रो क्वालिफायरमा पुगेर फाइनलका लागि प्रतिस्पर्धा गर्ने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×