काठमाडौँ। अहान शेट्टीको डेब्यू फिल्म ‘तडपले’ बक्स अफिसमा अन्य फिल्मको तुलनामा राम्रो प्रदर्शन गरिरहेको छ। फिल्मलाई लिएर पहिला नै दर्शकबीच क्रेज थियो। फिल्मले रिलिजको दिन ४.०५ करोडको व्यापार गरेको थियो।
बक्स अफिस इन्डिया डट कमका अनुसार फिल्मले आफ्नो दोस्रो दिन अर्थात् शनिबार ४.२५ करोड भारुको व्यापार गरेको छ। सुनिल शेट्टीका छोरा अहान शेट्टीको डेब्यू फिल्म तडपले यो हिसाबले दुई दिनमा ८.२५ करोड भारुको शानदार व्यापार गरेको छ। जुन राम्रो सुरुवत हो। आइतबार सार्वजनिक बिदाको दिन परेको हुँदा फिल्मले अझै राम्रो व्यापार गर्ने अनुमान छ।