काठमाडौँ - सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ।
अघिल्लो दिन प्रतितोला रु. ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु. ८०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ५०० तोकिएको छ। यसको मूल्य सोमबार प्रतितोला रु. ९१ हजार ७०० थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ।