नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ: मन्त्री कार्की

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने गरि विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

नेपाल चलचित्र निर्माता संघको १६ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले लाखौँ नेपाली रोजगारका लागि विश्वका विभिन्न देशमा रहेको भन्दै नेपालको फिल्म क्षेत्रलाई अन्तराँष्ट्रिय क्षेत्रमा पुर्याउने गरि विकास गर्नुपर्ने बताएका हुन्।

विदेशमा रहेका नेपालीलाई पनि सहज रुपमा नेपाली फिल्म हेर्न सक्ने गरि काम गर्नुपर्ने उनको सुझाव रहेको छ।

मन्त्री कार्कीले नेपालमा धेरै राम्रा फिल्महरु बनिरहेको तथा आगामी दिनमा देशको कला, संस्कृति र भूगोललाई मध्यनजर गर्दै फिल्म बनाए विश्व बजारमा राम्रै स्थान पाउने बताएका छन्।

समारोहमा विभिन्न फिल्मकर्मीहरुलाई सम्मान गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×