गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको प्रचण्डको भनाइ

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। उनले आज पार्टिको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बधन गरी फर्किने क्रममा यस्तो जानकारी दिएका हुन्। 

उनका अनुसार राजनीतिक परिवर्तनहरुलाई कमजोर पार्ने खतरा बढिरहेको छ। उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्नेचाहिँ सत्य नभएको स्पष्ट पारे। यसै गरि उनले बुधबार बिहान गृहमन्त्री खाँणसँग भेटवार्ता भए ता पनि प्रधानमन्त्री देउवासँग भने नभएको बताएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×