काठमाडौँ। मोडल जिशु कोइरालाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
‘तिमीलाई मेरो आफ्नो बन्न’ बोलको यस गीतमा गायक सूर्य काश्यपको स्वर सुन्न सकिन्छ। सुजन कँडेलको शब्द रहेको यस गीतमा रामकुमार रिमालको सङ्गीत रहेको छ। नारायण दङ्गालले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन्। प्रेमिल शैलीको गीतमा नायक पुष्प खड्का र मोडल कोइरालाले अभिनय गरेका छन्।
श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ। मिलन विश्वकर्माले सम्पादन गर्नुभएको भिडियो मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो। भिडियो कोइरालाको अफिसिएल च्यानलमार्फत सार्वजनिक गरिएको जनाइएको छ।