लिभरपुल साल्जवर्गसँग पराजित

काठमाडौँ - प्रिमियर लिग क्लब लिभरपुल अष्ट्रेलियन क्लब साल्जवर्गसँग १-० ले पराजित भएको छ। इंग्लिस कम्युनिटी शिल्ड खेलअघि प्रि-सिजन टुर अन्तर्गत अन्तिम खेलमा लिभरपुल पराजित भएको हो।

साल्जवर्गलाई जित दिलाउन बेन्जामिन सेस्कोको ३१औं मिनेटमा गोल गरेका थिए। लिभरपुलका नयाँ अनुबन्ध भएका खेलाडी डार्विन नुनेजले पहिलो रोजाइमा खेलेपनि टिमलाई हारबाट बचाउन सकेनन्।

अघिल्लो खेलमा नुनेजले लाइपजिगविरुद्ध ४ गोल गरेका थिए। प्रशिक्षक योर्गन क्लोपले नुनेजसहित दोस्रो रोजाईँका खेलाडीलाई साल्जवर्ग विरुद्ध मैदान उतारेका थिए।

दोस्रो हाफमा भने क्लोपले पहिलो रोजाइका खेलाडी खेलाए पनि गोल गर्न सकेन।

लिभरपुलले कम्युनिटी शिल्डमा शनिवार म्यानचेष्टर सिटीसँग खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×