सोमालियामा विद्युतीय धरापमा पारी १० को हत्या

काठमाडौँ - सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको छ।

सञ्चारमाध्यमहका अनुसार शनिबार सोमालियाको राजधानी मोगादिसुमा एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको हो जसमा परी १० जनाले ज्यान गुमाएका छन्। त्यहाँका एक सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या गरिएको बताएका छन्। उनले यसरी मृत्य हुनेमा चार महिला र एक बालक समेत रहेको बताएका छन्। सडकमा लुकाएर राखिएको विद्युतीय धरापमा परी विस्फोट हुँदा एक भ्यानमा रहेका उनीहरूको ज्यान गएको हो।

ती सैनिक जर्नेलले अल सेबाब मिलिसिया समूहका सदस्यले सो हत्या गरेको अनुमान गरिएको बताएका छन्। तर, उनीहरूले भने यसको जिम्मेवारी लिएका छैनन्। सोमालियमा पछिल्ला केही वर्षयतादेखि अल सेबाब नामको आतंककारी समूहले यस्तो हिंसात्मक घटनाहरू घटाउँदै आकाले यसमा पनि उनीहरूकै हात रहेको अनुमान गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×