नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग

काठमाडौँ - नेपालका लागि अमेरिकी राजदूतावासले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। दूतावासले बिहीबार अस्पताललाई २० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान बाइपाइप र १० थान सिपाइप प्रदान गरेको हो।

दूतावासले ती सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई हस्तान्तरण गरेको थियो। अस्पताल हातामा आयोजित कार्यक्रममा दूतावासले सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×