मुख्य प्रशिक्षक नियुक्तिका लागि आवेदन निकाल्ने तयारीमा एन्फा

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टोली अहिले मुख्य प्रशिक्षकबिहिन छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएको २ महिना बित्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालसम्म मुख्य प्रशिक्षक नियुक्त गर्न सकेको छैन।

अल्मुताइरीले भदौ २६ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए। त्यसपछि एन्फाले २ कार्यवाहक प्रशिक्षक नियुक्त गरिसकेको छ। बंगलादेशविरुद्धको खेलका लागि प्रदीप हुमागाईंलाई नियुक्त गरेको एन्फाले पाकिस्तानविरुद्धको खेलका लागि कुमार कटुवाललाई नियुक्त गरेको छ।

यसरी दुईपटक कार्यवाहक प्रशिक्षक नियुक्त गरिसक्दा मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया अब थाल्न लागेको एन्फाको महासचिव किरण राईले जानकारी दिएका छन्। मुख्य प्रशिक्षक नियुक्तिका लागि आफूहरू काम अगाडि बडाइ रहेको राईले बताएका छन्। आवेदन निकालेर नै मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया भएकाले केही समय लाग्ने भएको उनले बताएका छन्।

‘हामी मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रकृया थालि रहेका छौँ। यसै साता भित्र आवेदन निकाल्ने छौँ। त्यसपछि मुख्य प्रशिक्षक नियुक्तिको प्रकृया थाल्नेछौँ,’ राईले भने।

एन्फाले अहिले मुख्य प्रशिक्षकमा युरोपेली प्रशिक्षक ल्याउने तयारी गरेको छ। त्यसको लागि एन्फाले एक चरणमा कुरा पनि थालेको थियो। अब आउने आवेदनमा युरोपेली प्रशिक्षक परेमा एन्फाले प्राथमिकतामा राख्ने योजना बनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×