काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँणले शान्तिपूर्णरूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। पार्टीको शिवराज नगरपालिका समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सिङ्गो देश अब निर्वाचनतर्फ केन्द्रित हुने र निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रवन्ध तय गरिएको स्पष्ट पारे।
गृहमन्त्री खाँणले निर्वाचनमा पार्टी नेता कार्यकर्ता र मतदाताले रुचाउने व्यक्तिलाई टिकट दिनुपर्ने बाध्यता रहेको र त्यो गाह्रो काम भएको बताए । उहाँले चैत ११ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धन सरकारमा रहेका राजनीतिक दलबीच तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल हुने बताए।
नेपाली कांग्रेसका तर्फबाट आवधिक निर्वाचनमा विभिन्न पदमा टिकट पाउने सर्वाेत्कृष्ट र नपाउने अयोग्य भन्ने छुट कसैलाई नभएको बताए। पार्टीमा व्यक्ति धेरै हुने र निर्वाचनमा पद थोरै हुने भएकाले जसले टिकट पाउँछ उसैलाई सहयोग गरेर पार्टीलाई जिताउनुपर्ने बताए। उम्मेदवार हुने चाहाना राख्दै तयारी गर्नभन्दा उम्मेदवार छान्न काम जटिल भएको बताए।