सडक निर्माण अन्तिम चरणमा

झापा। भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्म करिब ४८ मध्ये ३५ किलोमिटर कालोपत्रेसहितको सडक निर्माण सकिएको छ। इन्जिनियर प्रमोद खतिवडाले राजगढको जनता बजारदेखि कनकाई पुल छेउको कुञ्जिबारीसम्मको १३ किलोमिटर मात्र कालोपत्रे हुन बाँकी रहेको बताए। उनले चालु आर्थिक वर्षको अत्यसम्ममा झापा खण्डमा रहेको ४८ किलोमिटर नै सडक सम्पन्न हुने बताए।

सो सडक दुई लेनको बनिरहेको छ। उनले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताए। मेचीपुलदेखि राजगढको जनताबजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनताबजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका छन्। 

पूर्वमेचीदेखि पश्चिम महाकालीको चाँदनी दोधारा पुलसम्म एक हजार ६००मी को हुलाकी मार्ग निमौणपछि तराई मधेशका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिन्छ। सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम भइरहेको उनको भनाइ छ। 

 त्यसैगरी, हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ४० किलोमिटर सडकमध्ये ३९ किलोमिटर सडकको निर्माण सकिएको उनले जानकारी दिनुभयो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×