माघ १५ सम्म सिनेमाघर र जीम खाना बन्द, मठमन्दिरमा नित्यपुजा मात्र गर्न पाइने

काठमाडौँ । सरकारले ‘कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गर्दै माघ १५ गते सम्म सिनेमा हल र जिमखाना बन्द गर्ने बताएको छ । 

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार बसेको बैठकले गरेको निर्णय आज सार्वजनिक गरेका थिए । जसअनुसार माघ मसान्तसम्म सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यहरूमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन । त्यसै गरी सिनेमा हल, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु सञ्चालन नगर्न समेत आदेश दिइएको छ । 

डिपार्टमेन्ट स्टोर, सपिङमलहरुमा एक पटकमा २५ जना मात्र जान पाइने र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न पनि आदेश जारी गरीएको छ । यसै गरी विवाह, व्रतबन्ध, पास्नी लगायत समारोहमा सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृती लिनुपर्ने बताइएको छ ।

त्यस्तै मठमन्दिरमा स्वास्थ्य मापदण्डहरू अनिवार्य रूपमा पालन गर्दै नित्य पुजा मात्रै गर्न पाइने आदेश जारी गरेको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×