काठमाडौँ - शान्ति भंग गरेको आरोपमा भारतको लखनऊमा बलिउड अभिनेता सलमान खानजस्तै देखिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अजम अन्सारी नामक ती व्यक्ति लखनऊको प्रसिद्ध घण्टाघरअघि छोटो फिल्म छायांकन गरिरहेका थिए। मानिसहरु सलमान खानजस्तै देखिएको भनेर उनलाई हेरिरहँदा ठूलो ट्राफिक जाम भएको थियो। अन्य सवारी साधनका यात्रुको गुनासोपछि प्रहरीले उक्त ठाउँमा पुगेर अन्सारीलाई पक्राउ गरेको हो।
ठाकुरगञ्ज प्रहरी चौकीले अन्सारीविरुद्ध शान्ति तथा अमनचैन भंग गरेको मुद्दा चलाएको छ। अन्सारीलाई लखनऊका चर्चित ठाउँ र सडकमा इन्स्टाग्राममा भिडियोहरु खिचेको बेला देखिएको थियो। युट्युबमा अन्सारीलाई १.६७ मिलियन जनाले पछ्याएका छन्।