आज सुनको मूल्य

काठमाडौँ - सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले बढेर रु. एक लाख ९०० तोकिएको छ। 

अघिल्लो दिन सुन प्रतितोला रु. एक लाख ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ४०० छ। यसको मूल्य बिहीबार प्रतितोला रु. ९९ हजार ८०० थियो। त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २५ ले बढेर रु. एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×