काठमाडौँ - पूर्वेली लोकभाकाका लागि चर्चित गायक तुलसी पराजुलीले नयाँ गीत ‘वैंशको सत्यानाश’ सार्वजनिक भएको छ। गीतमा नारी आवाज भने प्रविशा अधिकारीको रहेको छ।
गीतका रचनाकार रमेश बिसी हुन् भने संगीत गायक पराजुलीकै रहेको छ। राजु कार्कीको संगीत संयोजन रहेको यो गीतको मिक्सिङ किशोर थापाले गरेका हुन्।
गीतको म्युजिक भिडियोमा ऋचा थापा र धर्मेन्द्र आचार्यको अभिनय रहेको छ। भिडियोलाई मेघराज मगरातीले छायांकन एवं सम्पादन गरेका छन् भने शिव विकले भिडियोको निर्देशन गरेका हुन्।