भारत। भर्खरै वैवाहिक बन्धनमा बाँधीएका बलिउड जोडी विक्की कौशल र कटरीना कैफले विवाह पछिको पहिलो भ्यालेन्टाइन डे सँगै मनाउन नपाउने भएका छन्।
अभिनेत्री कटरीना आफ्नो आउँदो चलचित्र ‘टाइगर ३’को छायांकनमा व्यस्त हुने भएकाले उनले विक्कीसँग भ्यालेन्टाइन मनाउन नपाउने भएकी हुन्। उनको यो भ्यालेन्टाइन अभिनेता सलमान खानसँग बित्नेछ। सलमान र कटरीनाको ‘टाइगर ३’को अन्तिम छायांकन तालिका जनवरीमा हुनुपर्ने थियो। तर, कोरोनाका कारणचलचित्रको छायांकन रोकिएको थियो।
त्यसपछी अहिले निर्माताहरूले नयाँ छायांकन तालिका बनाएका छन्। जसअनुसार चलचित्रको छायांकन फेब्रुअरीमा पुरा गरिनेछ। तालिका १५ दिनको रहेको छ।
निर्देशक मनिष शर्माको चलचित्रको छायांकनका लागि सलमान र कटरीना १२ फेब्रुअरीसम्ममा नयाँ दिल्ली पुग्नेछन्। र, १४ फेब्रुअरी(भ्यालेन्टाइन डे) बाट चलचित्रको काम सुरु गरिनेछ।