सुपर चारमा स्थान बनाउन बंगलादेश र श्रीलंका भिड्दै

काठमाडौँ - एसिया कप क्रिकेट अन्तर्गत बिहीबार बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने २ टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ।

आजको खेलमा दुबै टोली पहिलो जित निकाल्ने योजनामा हुनेछन्। आजको खेलमा जित निकाल्ने टोलीले सुपर ४ मा स्थान बनाउने छ। प्रतियोगिताको समूह ‘बी’ बाट अफगानिस्तानले सुपर चारमा स्थान बनाइसकेको छ। यस समूहको अन्तिम खेलमा जित निकाल्ने टोलीले सुपर ४ मा स्थान बनाउने छ।

यता समूह ‘ए’ बाट भारतले सुपर ४ मा स्थान बनाइ सकेको छ। प्रतियोगिताको सुपर ४ मा पुग्ने टोलीहरुले एकअर्काविरुद्ध खेल्नेछन्। शीर्ष स्थानमा हुने टोलीले फाइनलमा स्थान बनाउने छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×