भारत पुगेका गैंडा फर्काउन समस्या

काठमाडाैं । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत नवलपरासी  (बर्दघाट  सुस्ता  पश्चिम)को  त्रिवेणीबाट  गत  मङ्सिर  ६  गते  एउटा  गैँडा  उद्धार  गरी  चितवन  राष्ट्रिय निकुञ्जमा फर्काइयो ।

नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको सो गैँडा नेपाल फर्केको मौका छोपी नेपाली प्राविधिकले उद्धार गरेर निकुञ्ज फर्काएका हुन् ।

निकुञ्जका  पशु  चिकित्सक  डा.  विजय  श्रेष्ठले  भने, “एउटा वयस्क गैँडा त्रिवेणीको उखुबारीमा भेटिएको  स्थानीयवासीले  खबर  गरेपछि  निकुञ्जको  प्राविधिक टोलीले त्यसलाई उद्धार गरेर यतै (निकुञ्ज) ल्याएको हो ।'

तर भारत पुगेका गैँडा र अन्य वन्यजन्तु फर्काउन त्यति  सहज  छैन  ।  गैँडा  उद्धार  प्राविधिक  टोलीका  संयोजकसमेत रहेका डा. श्रेष्ठले भने, “बगेर वा कुनै कारणले भारत पुगेका गैँडा कहिले फर्कन्छन् र उद्धार गरेर फर्काउन सकिन्छ भनेर कुरेरै बस्नुपर्ने बाध्यता छ ।”

“छवटा हात्ती परिचालन गरेर २० जनाको टोलीले गैँडालाइ डार्ट (बन्दुकबाट बेहोस बनाउने औषधि दिने कार्य) गरेर उद्धार गरिएको हो”, डा. श्रेष्ठले भने।

यसरी उद्धार गरी ल्याइएको गैँडालाई सौराहा नजिकैको निकुञ्जको  मध्यवर्ती  क्षेत्रको  कुमरोज  सामुदायिक  वनमा छाडिएको थियो ।निकुञ्ज भएर बगेका नारायणी, राप्तीजस्ता नदीमा बाढी आउँदा वन्यजन्तु बगेर भारत पुग्छन् । यसरी बगेर गएका वन्यजन्तु नेपाल फर्काउन गारो छ ।

यद्यपि तीन वर्षयता चारवटा गैँडालाई नेपाली भूमिमा फर्केको मौका छोपी उद्धार गरिएको निकुञ्जले जनाएको छ । गोरखापत्र दैनिकमा वसन्त पराजुलीले खबर लेखेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×