सर्लाहीमा वर्षाका कारण ३५ करोडको इँटा नष्ट

काठमाडौँ - विगत दुई दिनको वर्षाका कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन्। 

लगातारको वर्षाले सर्लाहीका इँटा व्यवसायीमा ठूलो क्षति पुर्याएको उनीहरुको गुनासो छ। दुई दिन परेको वर्षाले जिल्लामा रहेका इँटा उद्योगमा करोडौँ मूल्यका इँटा नष्ट भएको तारा इँटा उद्योगका सञ्चालक प्रकाश थपलियाले बताए। उनका अनुसार पानीले इँटा उद्योगमा चाङ लगाएर राखिएका काँचो इँटा भिजेर नष्ट भएको छ। जिल्लामा रहेका ९३ इँटा उद्योगमा वर्षाले करिब रु ३५ करोड मूल्य बराबरको क्षति पुगेको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष मेथुर चौधरीले जानकारी दिए।

हाल सर्लाहीमा रहेका ९३ उद्योगमध्ये ८४ इँटा उद्योग हाल सञ्चालनमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×