काठमाडौँ - भारतका चर्चित सङ्गीतकार शिव कुमार शर्माको निधन भएको छ। उनी चर्चित सन्तुरवादक थिए। हरि प्रसाद चौरसियासँग उनको जोडी जमेको थियो। शिव–हरिको जोडीले थुप्रै फिल्ममा सङ्गीत दिएका थिए। तिमध्य- सिलसिला, लम्हे र चांदनी प्रमुख फिल्म थिए।
शिव कुमार शर्मा ८४ वर्षका थिए र थुप्रै रोगबाट पीडित थिए।
पछिल्लो केही महिनादेखि उनी डायलाइसिसमा थिए। उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको हो।