सत्ता गठबन्धनको बैठक सुरु भए लगत्तै बाहिरिए माधव नेपाल

काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भए लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बाहिरिएका छन्। 

अध्यक्ष नेपाल बैठक सुरु भएको ५ मिनेटमै बालुवाटारबाट बाहिरिएका हुन्। बालुवाटारबाट बाहिरिने क्रममा नेता नेपालले कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि उनी पार्टी बैठकका लागि गठबन्धनको बैठक छोडेर हिँडेको हुनसक्ने बताइएको छ। एकीकृत समाजवादीको स्थायी समिति बैठक ११ बजेका लागि बोलाइएको छ। व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको तयारी रहेको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×