भारत। कोरोना भाइरस महामारी एक पटक पुन: फर्किने क्रममा रहेको छ। कोरोनाको तेस्रो लहरले विश्वलाई नै आक्रान्त बनाउदै लागिरहेको छ। ओमीक्रोनका केसहरू बढ्ने क्रममा छ। यसै कारण बलिउड निर्माताहरुले आफ्नो चलचित्रको प्रदर्शन मिती परिवर्तन गर्न थालेका छन्। केहि समयअघि मात्र चलचित्र 'जर्सी' ३१ डिसेम्बर २०२१मा प्रदर्शन नहुने बताएका छन्। दिल्ली सरकारले सिनेमाघर बन्द गर्ने घोषणा गरेसँगै निर्माताहरू पछी हट्न थालेका हुन्। त्यसैगरि एसएस राजामौलीको बहुप्रतिक्षित चलचित्र 'आरआरआर' ७ जनवरी २०२२मा प्रदर्शनमा आउने भनिएको छ। प्रशंसकहरू यो चलचित्रको प्रदर्शन मिती पनि परिवर्तन हुने हो की भन्ने चिन्तामा छन्। यसबारेमा बताउदै निर्देशक एसएस राजामौलीले सञ्चारमाध्यमसँग कुरा गरेका छन्। उनले सञ्चारमाध्यमसँग चलचित्रको प्रदर्शन मिती कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन्।