१६ वर्षमै काम गर्न पाउने कानुन बनाउनुपर्ने माग : वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालमा १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन्। बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले वर्तमान कानुनले १८ वर्ष उमेर नपुगेसम्म काम गर्न रोक लगाएको उल्लेख गर्दै त्यसलाई संशोधन गर्नुपर्ने बताए।

गौतमले अमेरिकासहित धेरै देशमा १६ वर्षमै काम गर्न पाउने व्यवस्था रहेको उल्लेख गर्दै, नेपालमा पनि युवालाई छिट्टै आर्थिक अवसर दिलाउन कानुनी उमेर घटाउनुपर्ने धारणा राखे। उनका अनुसार करोडौँ नेपाली युवा विदेशमा श्रम गरी पठाएको रकमले देश चलेको भए पनि सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सकेन।

उनी भन्छन्, “करिब ६० लाख नेपाली युवा विदेशिएका छन्। सरकारले ऋणमाथि ऋण थोपर्नेभन्दा युवालाई स्वदेशमै कामको अवसर दिनुपर्छ। १६ वर्ष पुगेको व्यक्ति काम गरेर उत्पादनशील भूमिका खेल्न सक्छ, त्यसका लागि कानुन बनाइनुपर्छ।”

गौतमले रोजगारीको वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×