काठमाडौँ - तत्कालिन नेकपा एमाले उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय अभियान सुरु गरेका वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने भएका छन्। राष्ट्रिय अभियानलाई दलको स्वरुप दिन निर्वाचन आयोगमा दर्ता गर्ने उनको सचिवालयले जनाएको छ।
तत्कालिन नेकपामा विवाद भएपछि गौतमले पार्टी एकता जोगाउने भन्दै एकता राष्ट्रिय अभियान सुरु गरेका थिए।
गौतम यसअघि निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित भएका गौतमसँग तत्कालिन एमाले केन्द्रीय सदस्य हरिप्रसाद पराजुली मात्रै छन्।