कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम (मुडका) स्थित वैजनाथ मन्दिरमा आज लाग्ने मेलामा आवांच्छित क्रियाकलाप रोक्न ४८ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ।
मेला क्षेत्रमा हुनसक्ने चोरी, आपराधिक क्रियाकलाप, दुर्घटनालगायत नियन्त्रण गर्न झलारी, फुलेली मणिकाधाम, बतासे झरना पर्यटकीय क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएको छ।
क्यामेराको कन्ट्रोल प्रहरीको निगरानीमा रहने गरी मेला क्षेत्रमै राखिएको छ। मेला अवधिभरि मणिका धाम क्षेत्रमा सिसीटिभी क्यामेराको निगरानी रहने वडाध्यक्ष बहादुर महराले बताए। मेलाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत गए रातिदेखि नै परिचालन गरिएको छ।