भारत। बलिउड अभिनेत्री विद्या बालन र शेफाली शाहको आउँदो चलचित्र 'जलसा' अब सिनेमाघरमा रिलीज हुनेछैन। रिपोर्ट्सका अनुसार, निर्माण पक्षले यो चलचित्रलाई कोरोनाको बढ्दो खत्रालाई मध्यनजर गर्दै ओटीटी प्ल्याटफर्ममा रिलीज गर्ने निर्णय गरेको छ। चलचित्र मार्च २०२२मा ओटीटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा रिलीज हुनेछ। यो सोशल-ड्रामा चलचित्रलाई सुरेश त्रिवेणीले निर्देशन गरेका हुन्। चलचित्रमा विद्या एक टीभी न्यूज एन्करको भूमिकामा देखिनेछिन्। त्यसैगरि, शेफाली उनको काम गर्ने कर्मचारीको भूमिकामा देखिनेछिन्।